समय : ०२:०० pm | बिहिबार , माघ ८ गते २०८२

प्युठानमा रास्वपाबाट शुसान्त उम्मेदवार

उनि बालेन कोटाबाट रास्वपामा केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्।

स्वर्गद्वारी अपडेट | माघ ५ गते २०८२

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानले शुसान्त बैदिकलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंगाएको।

यस अघि प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अर्थ विज्ञका रुपमा वैदिकलाई नियुक्त गरेको थियो।वैदिकले ‘लण्डन स्कुल अफ इकोनमिक्स एण्ड पोलिटिकल साइन्स’बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

उनीसँग लन्डनकै एक आर्थिक संस्थामा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ।उनले मन्त्रालयमा वित्तिय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेशस्तरीय आर्थिक अवस्था र आवश्यकताका बारेमा परामर्श दिएका थिए।

उनि बालेन कोटाबाट रास्वपामा केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्।

यो पनि पढ्नुहोस्