प्यूठान।प्यूठान जिल्ला अस्पताल बिजुवारको शौचालयमा एक जना बिरामी कुरूवाको मृत्यु भएको छ।
रोल्पाको लुग्री गाउँपालिका–३, चिउरीपाखा सिर्पका ४० वर्षीय तेजबहादुर घर्तीमगर प्युठान जिल्ला अस्पतालको प्रसूति गृहस्थित शौचालयमा मृत अवस्थामा फेला परेका छन्।
गर्भवती भान्जी लिएर ३ दिन अघि अस्पताल आएका तेजबहादुर शौचालयमा प्रवेश गर्ने क्रममा लडेर ढलेपछि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।रातीको समय र शौचालयमा बत्ति नभएर अध्यारो भएपछि यस्तो समस्या निम्तिएको हुन सक्ने अस्पतालले जनाएको छ।
भान्जी बुहारीको कुरूवा बसेका घर्तिको घरमा आमा, श्रीमती , २ छोरी र १ छोरा छन।







