प्यूठान। प्युठानमा गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ।शुक्रबार मध्यान्ह ४ बजे माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो।
ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्।गाडी चालक ऐरावति गाउँपालिका-५ गोठिबाङ बस्ने अन्दाजी २७ बर्षका निरज सापकोटाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल जनाएको छ।
घाइते हुनेमा ऐरावती गाउँपालिका -१ सिर्सेनिका ३३ बर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका-३ का ३२ बर्षिय शुदिप गुरुङ र ऐरावती गाउँपालिका-४ का २१ बर्षिय कबिता गुरुङ रहेका छन्।घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छन्।
 
				 
					 
					
 
						
 
		 
		 
 								 
 									 
					 
					 
					 
					 
					 
					 
					 
					





