समय : ०२:२७ pm | शनिबार , कार्तिक ८ गते २०८२

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताए।

स्वर्गद्वारी अपडेट | कार्तिक ६ गते २०८२

आचार्य दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास गरेका छन्। तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेको हो।

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताए।उनले दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन तिहारले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । देउसी–भैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना सबैको दायित्व भएको बताए।

मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिएका छन्।

यो पनि पढ्नुहोस्