समय : ०२:२७ pm | शनिबार , कार्तिक ८ गते २०८२

कविता लेख्दै तोसिमाको गुनासो- कर्नर भईयो, लुसिफर भइयो !

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा आफु कर्नर भएको आशय व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा कविता लेख्दै तोसिमामाले कर्नर भएको र लुसिफ़र भएको उल्लेख गरेकी छन् ।

उनले नरभक्षिहरु खोरमा जाकिने र यो देश नयाँ पुस्ताले चलाउने दाबि समेत गरेकी छन् ।

उनले भनेकी छन्: 

एक भाई, दुई बहिनी - तीन देश भइयो
डाक्टर भइयो, ईन्जिनियर भईयो
कर्नर भईयो, लुसिफर भइयो । 
विश्वासको खडेरी,
आशाको आगो,
भेलको भरोसा,
नरभक्षिहरु खोरमा जाकिन्छन्,
यो देश नयाँ पुस्ताले चलाउँछ,
पोलेको त पलाउँछ ।

यो पनि पढ्नुहोस्