प्युठान।प्युठानमा तिहारको देउँसीभैलो राति १० बजेपछि खेल्न नपाइने भएको छ।जिल्ला प्रशासन कार्यालय प्युठानले एक विज्ञप्ति जारी गर्दै १० बजेपछि देउँसीभैलो खेल्न रोक लगाएको हो ।
प्रशासनले देउँसीभैलो लगायतका कार्यक्रम मर्यादित रुपमा खेल्न आग्रह गरेको छ।
मादकपदार्थ लगायतका नशालु पदार्थ सेवन गरि सार्वजनिक स्थलमा झैँ-झगडा र होहल्ला गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले तिहारमा पटकालगायतका विष्फोटक पर्दाथ बिक्रीवितरण तथा प्रयोगमा पनि रोक लगाएको छ ।









