समय : ०२:२८ pm | बिहिबार , असाेज ३० गते २०८२

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन प्रमख एजेण्डा

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०८२

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितीको बैठक आज बस्दैछ ।

यसअघि मंगलबार बसेको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि आज दिउसो १ बजे बस्ने गरि स्थगित भएको थियो । सो बैठकमा सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेपछि कांग्रेस अब महाधिवेशनतर्फ केन्द्रित भएको छ । 

आजको केन्द्रीय समितिको बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ । 

विशेष महाधिवेशन बोलाउन भन्दै ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।

सभापति देउवाले नियमित महाअधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएपनि देउवा समुहका नेताहरुले मङ्सिर भित्र महाधिवेशन गर्न तयार नभएपछि विवाद रहेको छ ।

यो पनि पढ्नुहोस्