काठमाडौँ । नेपाली काँग्रेसको आजको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि आजको बैठक स्थगित भएको हो ।
सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेपछि आजको बैठक स्थिग्त गरिएको छ । अब अर्को बैठक विहिबार दिउसो १ बजे बस्ने भएको छ ।
देउवाले बैठकलाई सम्बोधन गर्दै भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्ने, निर्वाचनको वातावरण नबनेको जस्ता विषय राखेका थिए । साथै उनले कांग्रेसको नियमित महाधिवेशन नै हुने पनि बताएका थिए ।