समय : ०४:११ am | शुक्रबार , असाेज ३० गते २०८२

कांग्रेस केन्द्रीय समितिको बैठक सर्यो

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक दुई दिन पछि सारेको छ । आइतबार असोज २६ का लागि बोलाइएको बैठक असोज २८ मा हुने बताइएको छ ।

कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय नभएकाले आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा शुक्रबारदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि सामेल गराइएको थियो ।

कांग्रेसमा जेनजी आन्दोलनपछि महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ । महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान चलाएर विशेष महाधिवेशनको माग समेत गरिरहेको अवस्थामा यस बैठकले महाधिवेशन बारे ठोस निर्णय गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्