प्युठान।माण्डवी गाउँपालिका-५ चकचकेमा धारिलो हतियार प्रहारबाट सोही वडाका रमेश के एम गम्भीर घाइते भएका छन्।शुक्रबार राति ९:३० बजेको समयमा चकचकेका मदन गाहाले उनि माथी दाउ प्रहार गरेको घाइतेका बुवा धन बहादुर के एमले जानकारी दिए।
घाइते के एमलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको उनका बुवा धन बहादुरले बताए।के एमको टाउकोमा गम्भिर चोट लागेको बताईएको छ।
हतियार प्रहार गर्ने गाहालाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।