समय : ०४:११ am | शुक्रबार , असाेज ३० गते २०८२

एमालेको सचिवालय बैठक आजपनि बस्दै

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८२

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ ।  बैठक आजपनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ । 

यसअघि शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने धारणा राखेका थिए । 

त्यस्तै उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादल लगायतले विद्या भण्डारीको सदस्यताको निर्णय सच्याउनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले संकटको समयमा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए । 

आजको बैठकमा बाँकी नेताहरुले आ-आफ्नो धारणा राखेपछि निर्णय गरिने बताइएको छ । साथै आजको बैठकमा महाधिवेशन सम्बन्धि प्रस्ताव समेत आउने उपमहासचिव ज्ञवालीले बताएका छन् ।

यो पनि पढ्नुहोस्