प्युठान।प्युठानको मल्लरानी गाउँपालिका-१ टोड्केमा बाग्दुलाबाट ठुलाचौरतर्फ जाँदै गरेको ना. ५ ख ६०४ नम्बरको बसले बुधवार साँझ ठक्कर दिँदा झिमरुक गाउँपालिका-४ कन्दले निवासी ४० वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको छ।
घाइते अवस्थामा प्युठान अस्पताल पुर्याइएको पुनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्युठान अस्पतालमा राखिएको छ।