काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
यस अघि विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका थिए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन्।प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका थिए।
त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका छन् ।






