प्युठान। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।गौमुखी गाउँपालिका -७ नारिकोट बस्ने वर्ष (अन्दाजी) ७३ को थमन सिंह नेपालीलाई सोमबार बेलुकी ५ बजे प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको परिवारले नेपालीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।








