समय : ०१:०५ pm | शुक्रबार , असाेज ३ गते २०८२

प्युठानमा पुनः बढाइयो कर्फ्युको समय

स्वर्गद्वारी अपडेट | भाद्र २५ गते २०८२

प्युठान।जिल्ला प्रशासन कार्यालय प्युठानले कर्फ्युको समय बढाएको छ।यसअघि मंगलबार अपराहन्न ४ बजेदेखी लागुहुने गरि प्युठानका विभिन्न स्थानमा लगाइएको कर्फ्यु बुधबार बिहान ९ बजे पछी कर्फ्यु हटाईएको थियो।

प्युठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जारी गरेको कर्फ्यु प्युठान नगरपालिका १,२,३,४,७ र ८ मा पर्ने मुख्य सडक र सम्पूर्ण बजार, मल्लरानी गाउँपालिका-४ का सम्पूर्ण भू-भाग र दाङ –प्युठान,रोल्पा सडकको प्युठान जिल्लामा पर्ने सडक खण्डको सम्पूर्ण क्षेत्रमा बिहान ५ बिहिबार बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार  २५  गते अपराह्न ५ बजे देखि बिहिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।उक्त समयमा कुनै प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा, बैठक, घेराउ गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेको छ।

 

यो पनि पढ्नुहोस्