समय : ०८:४३ pm | शनिबार , असार २८ गते २०८२

माण्डवीको एमाले भन्यो-‘मृतक परिवार क्षतिपूर्ति देउ’

क्षतिपूर्ति पाउने माग राख्दै गरेको आन्दोलनमा  नेकपा एमाले एक्यबद्धता जनाएको छ।

स्वर्गद्वारी अपडेट | असार २८ गते २०८२

प्युठान।नेकपा एमाले माण्डवी गाउँपालिका कमिटि प्युठानले आज एक बिज्ञप्ति प्रकाशन गरेको छ।माण्डवी गाउँपालिकामा जेसिबी दुर्घटना भएको हुँदा मृतक परिवारलाई राहत नदिएको बिषयमा एमालेले बिज्ञप्ति प्रकाशन गरेको हो।

माण्डवी गाउँपालिकाले सार्वजनिक सम्पतिको संरक्षणमा वेवास्ता गर्नु, पहिरो पिडितलाई राहत दिन नसक्नु, घटना घटेर मृत्यु भएको संबेदनशील विषयमाथि गैह्र जिम्बेवारी हुँदै आएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै माण्डवी सरकारले गरेका विकास निर्माणका कामहरु समेत वेवास्ता गर्दै अलपत्र पारेको छ।बिज्ञप्तिमा उल्लेख भए अनुसार गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितका संयोजक पूर्ण प्रसाद कालाथोकी  सहित कार्यालयको तर्फबाट पिडित परिवार सँग सम्झौता भए अनुसार उक्त रकम तत्काल उपलब्ध गराउनु पर्ने माग गरेको छ।

उक्त घटनाका पिडित परिवारले असार २८ गते माण्डवी गाउँपालिकामा क्षतिपूर्ति पाउने माग राख्दै गरेको आन्दोलनमा  नेकपा एमाले एक्यबद्धता जनाएको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ।

बिज्ञप्ति यस प्रकार रहेको छ -  

           

यो पनि पढ्नुहोस्