समय : ०३:०३ pm | शनिबार , वैशाख १३ गते २०८२

एकीकृत समाजवादी प्युठानमा दोहोरिए बुढा

स्वर्गद्वारी अपडेट | चैत्र २७ गते २०८१

प्युठान।नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) प्युठानको १० औ जिल्ला अधिबेशन सम्पन्न भएको छ।प्युठान नगरपालिका -४ जुम्री स्थित होटल आयुस्मामा सम्पन्न अधिबेशनले डा.भोज बिक्रम बुढा पुन:सर्वसम्मत  सर्वसम्मत चयन भएका छन्।

कमिटीको उपाध्यक्षमा नुम बहादुर पुन र खिम बहादुर सुनार, सचिवमा धर्मराज भण्डारी त्यस्तै उपसचिवमा थमन साठीघरे मगर,हुम बहादुर मल्ल,महिला उपसचिवमा सिर्जना सुनार चयन भएका हुन।

भेलाले सर्वसम्मत निर्वाचित गरेको हो।१०औ जिल्ला अधिबेशनको पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चौधरीले उद्घाटन गरेका हुन।

जिल्ला अधिवेशनमा पूर्वमन्त्री तथा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री,पुर्वमन्त्री सोम प्रसाद पाण्डे, केन्द्रिय सदस्य  अहमत अब्दुल असुल, केन्द्रिय सदस्य मिना परियार, केन्द्रीय निर्वाचन आयोग सदस्य कृष्ण रायमाझी र ने क पा माओवादी केन्द्रमा प्युठानका संयोजक यज्ञ बहादुर केसी(प्रभात) शुभकामना ब्यक्त गरेका थिए। उक्त कार्यक्रम संचालन सचिव धर्मराज भण्डारीले गरेका थिए।भेलाले ५७ सदस्यीय कमिटी  सर्वसम्मत चयन गरेको छ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्