प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको छ।पार्टीको सङ्गठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको हो।
समुहको तर्फबाट सभापतिमा अनुपराज पाण्डे सचिवमा गणेश पाण्डे र कोषाध्यक्ष सुचना गुरुङको मनोनयन दर्ता भएको छ।समुहले समानुपातिको लागि बन्द सुची समेत पेस गरेको समुहका सभापति पाण्डेले जानकारी दिए।
त्यस्तै तिन वटा संगठन अनेरास्ववियु, स्वतन्त्र बिद्यार्थी समुह र चार सङ्गठनको गठबन्धनबाट (अखिल क्रान्तिकारीले) मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत यज्ञ बिर पाण्डेले जानकारी दिए।
प्युठानमा रहेको ५ क्याम्पस मध्ये स्वर्गद्वारी बहुमुखी क्याम्पसमा मात्र स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको छ।