समय : १०:०९ am | बुधबार , फागुन २८ गते २०८१

माओवादी केन्द्र माण्डवी तेस्रो अधिवेशन सम्पन्न 

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०८१

प्यूठान । नेकपा माओवादी केन्द्र माण्डवी गाउँपालिका संगठन कमिटि प्यूठानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार देविस्थान सभाहलमा भएको तेस्रो गाउँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।  बल बहादुर खत्री (शिसिर)को अध्यक्षतामा ४५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा  श्रीकुमार अधिकारी, उपाध्यक्षमा मुगा पुन, गुञ्ज बहादुर के.सी. सचिवमा नरेश्वर लम्साल, सह–सचिवमा गिरीराज पौडेल र कोषाध्यक्षमा मधुसुदन घर्ती सर्वसम्मत चयन भएका हुन ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव, लुम्विनी प्रदेश इन्चार्ज एवं कार्यक्रमका प्रमुख अतिथि चक्रपाणी खनाल (बलदेव) ले माओवादी पार्टी अहिले सरकारमा नभएपनि १ सय २३ स्थानिय तहको नेतृत्वमा रहेकोबताए ।  जनतासंग प्रत्येक्ष जोडिएको स्थानिय सरकारले जनताको भावना अनुरुप राम्रा कामहरु गर्नुपर्ने खनालले बताए ।  ‘पार्टीमा टुटफुट भएको हुंदा हामी अलि कमजोर अवस्थामा पुगेको स्वभाविकै हो ।’ प्रदेश इन्चार्ज खनालले भने–‘उता हामीबाट फुटेर जाने नेताहरुले पनि कुनै काम गर्नसक्नु भएको छैन । त्यसकारण फुटेर होइन जुटेर काम गर्न सकिन्छ ।’ भ्रस्टचारले देश खोक्रो बनाएको बताउदै माओवादी सरकारमा भएको बेला भ्रष्टचारीका फाइलहरु खुल्न थालेपछि कांग्रेस एमालेले सरकार ढालेको उनले बताए । पार्टी भित्रको कमजोर पक्षलाई सुधार्दै केन्द्रिय नेतृत्व नै  पार्टी निर्माण अभियानमा लागेको समेत उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज यज्ञ बहादुर क्षेत्री (प्रभात), लुम्विनी प्रदेश सचिवालय सदस्य एवं माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी (रोशन), लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी (प्रकाश), संविधान सभा सदस्य नारायण अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए ।     

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्