समय : ०१:३९ am | आइतबार , माघ १९ गते २०८१

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु

स्वर्गद्वारी अपडेट | माघ १८ गते २०८१

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ ।  दुवै सदनको बैठक शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधि सभाको आजको पहिलो बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने दलीय आधारमा नेताहरुले भनाई राख्ने छन् भने दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

यस्तै संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त विभिन्न पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै विपक्षीदहरुले भने अध्यादेश पेश गर्ने नदिने बताएका छन् । संसदमा बोल्न दिने तर अध्यादेश पेश गर्न नदिने तयारी भएको नेताहरुले बताएका छन् । 

त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्वजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तव्य राख्ने क्रम सुरु हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्