समय : १०:२६ pm | बिहिबार , पौष २५ गते २०८१

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै उत्कृष्ट बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

स्वर्गद्वारी अपडेट | पौष २४ गते २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताए।

प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेको हो। विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा ब्यक्त गरेका छन्।

‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ’मुख्यमन्त्री आचार्यले भने,‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं ।

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्प सहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए।‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०\०८१ को बार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्