समय : ०७:०४ am | शुक्रबार , पौष १२ गते २०८१

प्युठानमा सुक्खा पहिरो हटाउदा जेसीबी पहिरोमा पुरियो

स्वर्गद्वारी अपडेट | मंसिर १० गते २०८१

प्युठान।सुक्खा पहिरो हटाउने क्रममा प्युठानको गर्जेनीमा जेसिबी पुरिएको छ।आइतबार बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरो खसेर जेसीबी पुरिएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ।

माण्डवी गाउँपालिका-१ गर्जेनी स्थित सुख्खा पहिरो हटाउने क्रममा सडक डिभिजन कार्यालयको जेसिबी पुरिएको सडक डिभिजन प्युठानको डिभिजन प्रमुख बिसुन दास लामाले बताए।ID न.042-044 नम्बरको एक्साभेटर सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको सडक डिभिजन प्रमुख लामाले स्वर्गद्वारी अपडेटलाई बताए।   

कुनै पनि मानबिय क्षति नभएको कार्यालयले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्