दाङ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुचना नदिनेलाई कारवाही हुने बताए। राष्ट्रिय सूचना आयोगको आयोजनामा बुधबार तुलसीपुरमा भएको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
सार्वजनिक सरोकारका सूचना दिन्न भनेर पञ्छिन नमिल्ने भन्दै उनले सूचना नदिनेलाई आयोगले कारवाही गर्ने बताए। यसका लागी सूचना माग गर्ने व्यक्तीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिनुपर्ने उनको भनाई छ । अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सामाजिक अभियान्ताहरुले कतिपय सार्वजनिक निकायहरुले सूचना अधिकारी नतोकेको, माग गरेको उपलब्ध नगाराएको, आनकानी गर्ने गरेको लगाएतका गुनासो तथा जिज्ञासाहरु राखेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख सूचना आयुक्त गुरुङले सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई सूचना अधिकारी अनिवार्य तोकेर सूचनाको हक कार्यान्वयन गर्न आदेश दिइसकेको बताउनुभयो । सूचना आयोगका उप–सचिव युवराज अधिकारीले सूचना माग गर्ने तरिका, पुनरावेदन गर्ने तरिका, आयोगले गरेका कार्य प्रगतीलगाएत सूचनाको हकसम्बन्धि जानकारी गराएको थियो।