समय : ०२:३८ am | बुधबार , कार्तिक ६ गते २०८१

१७ जना बिरामी परेको होटलमा सिल:थप चार जना बिरामी  

स्वर्गद्वारी अपडेट | कार्तिक ३ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका-३ लामाचौरस्थित आकाश होटल तथा फ्रेस हाउसमा सिल गरिएको छ।शनिबार माण्डवी गाउँपालिकाले उक्त होटलमा सिल गरेको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रूव पोखरेलले जानकारी दिए।

असोज ३० गते बेलुकाको समयमा खाजा खान गएका १४ जना ग्राहकहरु बिरामी परेका थिए।यो घटना बाहिरिए संगै माण्डवी गाउँपालिले उक्त होटलको अनुगमन गरि केहि खाध्य सामाग्रीहरु जफत गरेको थियो।सोही होटलमा खाजा खान गएका चार ग्राहक फेरी शनिबार बिरामी भएका छन्।ति बिरामीहरुलाई माण्डवी गाउँपालिका -३ जस्पुरमा रहेको रिलेशन पोलिक्लिनिक उपचारका लागि भर्ना भएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले जानकारी दिए।

सरसफाईका मापदण्ड पुरा भएपछि मात्रै होटल सञ्चालन गर्न दिइने पालिकाले जनाएको छ।अनुगमनमा गाउँपालिकाका प्रतिनिधि, नेपाल प्रहरी लगायतको उपस्थिती थियो। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्