समय : ०९:०९ am | शुक्रबार , कार्तिक २ गते २०८१

प्युठानमा एक वर्षमा ९ हजार बढीलाई नागरिकता वितरण

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०८१

प्युठान।जिल्ला प्रशासन कार्यालय प्युठानले एक वर्षमा ९ हजारभन्दा बढीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ।नागरिकता जिल्ला प्रशासन कार्यालय खलंगा र ईलाका प्रशासन कार्यालय जस्पुरबाट वितरण गरिएको हो।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा  ९ हजार ४  सय ६४ जनालाई वंशजको आधारमा नयाँ नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।त्यस्तै प्रतिलिपि नागरिकता ८ हजार ७ सय र वैवाहिक अंगीकृत नागरिकता ५ जनालाई वितरण गरेको हो।

ईलाका प्रशासन कार्यालय जस्पुरमा स्थापनासँगै जिल्ला सदरमुकाम खलंगा जानु पर्ने बाध्यता हटेपछि यस क्षेत्रका जनताले राहतको अनुभूति गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्