समय : ०९:१५ am | शुक्रबार , कार्तिक २ गते २०८१

देशभरमा डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०८१

काठमाडौँ । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

आज प्रहरी प्रधान कार्यालयमा भएको एक भव्य कार्यक्रमका बिच अभिलेखमा जनिनेगरि सर्वोत्कृष्ट प्रहरी घोषित सहित पुरस्कृत गरेको हो । भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक (आइजिपी ) बसन्तबहादुर कुँवरले सम्मान गरेका हुन ।अनुसन्धानमा डिएसपी भण्डारी अब्बल मानिन्छन् ।‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्य विवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ,’ यी सबै विषयमा डिएसपी भण्डारी सर्वोत्कृष्ट घोषित भएका हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्