समय : ०२:४३ pm | बिहिबार , फागुन १ गते २०८१

लुम्बिनी प्रदेश प्रमुखले विधेयक फिर्ता गरे

स्वर्गद्वारी अपडेट | असाेज २३ गते २०८१

दाङ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले प्रमाणिकरणका लागि प्राप्त भएका दुई वटा विधेक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका छन।पुनर्विचारका लागि भन्दै प्रदेश सभामा विधेयक फिर्ता गरेका हुन ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्