समय : ०२:१२ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठानबाट काठमाण्डौ फर्किने सबै यात्रुलाई २० प्रतिशत भाडा छुट

राधिका भुषाल | असाेज २२ गते २०८१

प्यूठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली. ले प्यूठानबाट काठमाण्डौ फर्कने सबै यात्रुलाई २० प्रतिशत भाडादर छुट दिने निर्णय गरेको छ । २०८१ असोज २७ गते देखि कार्तिक २२ गतेसम्मका लागि नियमित र अतिरिक्त सेवामा सञ्चालन गरिएका गाडिहरुमा नेपाल सरकारले तोकेको भाडादर भन्दा २० प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजताका लागि अनलाइन टिकटको व्यवस्था गरेकोसंगै यात्रुको अत्याधिक चाप हुने गरेको प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘यहाबाट खाली गाडि पठाउनु पर्ने भएकाले सिट क्षमता अनुसार यात्रु राख्ने र काठमाण्डौबाट आउने यात्रुलाई २० प्रतिशत भाडादर बृद्धि गर्ने निर्णय गरेका थियौ । ‘अध्यक्ष श्रेष्ठले भने–‘क्षमा याचना सहित अब काठमाण्डौ फर्किने यात्रुहरुलाई २० प्रतिशत भाडादर छुट गरेका छौं ।’ प्रा.ली.ले २० प्रतिशत छुट गरी ए.सी गाडिमा १५ सय ११ र डिलक्स गाडीमा १३ सय २० रुपैया भाडादर लिने भएको उनले बताए ।

सोमबार पत्रकार सम्मेलन गर्दै यदि सो समयमा काठमाण्डौ नर्फकने यात्रुहरुले बढि भाडा तिरेको प्रमाण सहित क्युआर मार्फत वा कार्यालयमा आएर आफुले तिरेको रकम फिर्ता लैजान अध्यक्ष श्रेष्ठले आग्रह समेत गरेका छन् ।    

विशेष गरी दशै तिहारमा यात्रुको चाप बढि भएकाले गाडि थप गरी सुविधा दिने र अतिरिक्त गाडिका लागि यात्रुसंग २० प्रतिशत भाडादर बढि लिने गरेकोमा जिल्ला प्रशासन कार्यालय प्यूठानले रोक लगाएपछि भाडा फिर्ता तथा छुट दिन लागिएको अध्यक्ष श्रेष्ठले बताए । प्रा.लि. बाट सञ्चालित सबै गाडिहरुमा सिट क्षमता अर्थात ४० जना मात्रै यात्रु राख्ने व्यवस्था गरिएको थियोे ।

‘विगतका दिनहरुमा अव्यवस्थित तरिकाले यात्रुलाई दुख्ख हुने गदथ्र्यो ।’ अध्यक्ष श्रेष्ठले भने–‘यात्रुलाई पनि सहज होस् यता यातायात व्यवसायीहरुलाई पनि मर्का नपरोस् भनेर अतिरिक्त गाडिमा भाडादर बृद्धि गरेका थियौ ।’ जिल्ला प्रशासन कार्यालय प्यूठानको आदेशलाई मनन् गर्दै बढि भाडा लिएका यात्रु मात्रै होइन काठमाण्डौ जाने सवै यात्रुलाई भाडा छुट दिने निर्णय गरेको उनले बताए । अहिले नेपालभरका यात्रुलाई अनलाईन मार्फत टिकट काट्ने व्यवस्था गर्दा यात्रुले टिकट काउन्टर धाउन नपर्ने, दिनैभर लाइन बस्न नपर्ने र टिकट डबल हुने समस्या नभएको उनले भनाई छ । सबै भन्दा बढि अनलाईनबाट टिकट लिनेमा स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली. नेपालमै पहिलो भएको दावी समेत गरे । 

यातायात सेवा प्रा.ली. ले यात्रुको सहजताका लागि असोज १६ गते देखि २४ गतेसम्मका लागि अतिरिक्त गाडिको व्यवस्था गरेको थियो । सो अवधिमा जम्मा ७६ वटा एसी तथा डिलक्स बस प्यूठान–काठमाण्डौ आउजाउ गरेका थिए जसमध्ये ४९ वटा गाडि अतिरिक्त सेवाका लागि काठमाण्डौ पठाइएको थियो । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. द्धारा ३ हजार ४० जना यात्रुहरु प्यूठान आएका छन् । जनतालाई हरक्षणमा सेवा दिनु पर्नेमा आफुहरु कटिबद्ध भएर लाग्ने गरेको प्रा.लि.का प्रवक्ता कुमार श्रेष्ठ  बताए । नमस्ते प्यूठान यातायात प्रा.लि.ले एसी गाडिमा २३ सय सम्म भाडा लिने लिएको उनको आरोप छ ।

दशैतिहार मान्नका लागि काठमाण्डौबाट प्यूठान आउदा अहिलेसम्मकै सहज यात्रा गर्न पाएकोमा प्यूठान नगरपालिका ५ निवासी सिता न्यौपानेले खुसी व्यक्त गरिन् । ‘यो भिडभाडाको समयमा पनि सिट क्षमता मात्रै मान्छे हालेर सहज र सुरक्षित यात्रा गरेको पहिलो पटक हो ।’ उनले थप्दै भनिन्–‘आनन्ददायी यात्रा गर्न पाएको हुंदा २–४ सय रकम बढि तिरेको पनि मन खाएको छैन ।’ घरमै बसेर अनलाइन सिस्टमबाट टिकट लिएको उनले बताइन ।

यो पनि पढ्नुहोस्