समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

यूवा क्लबको संगठनात्मक विकासका लागी ३ दिने क्षमता अभिवृद्वि तालिम

सन्तोष सुनार | श्रावण १० गते २०८१

प्यूठान । यूवा क्लबको संगठनात्मक विकासका लागी३ दिने क्षमता अभिवृद्वि तालिम जुम्रीमा सञ्चालन भएको छ ।

विहिवार मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्वारा सञ्चालित युएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनीको आयोजनामा यूवा क्लबको संगठनात्मक विकासका लागी३ दिने क्षमता अभिवृद्वि तालिम जुम्रीमा रहेको होटेल आयुष्मा सञ्चालन गरिएको छ । तालिमको उद्घाटन प्यूठान नगरपालिकाका नगरप्रमुखले गरेका हुन । नगर प्रमुख विष्णु बहादुर योगीले समाज रुपान्तरण गर्नका लागी हामी असल तथा सकरात्म सोचका साथ लागेमा समाजमा रहेका विकृति , विसङ्गति हटाई सभ्य समाजमा रुपान्तरण गर्न सकिने बताएका थिए । अवको समाजलाई रुपान्तरण र परिमार्जन गरेर अगाडि बढाएर सहि दिशातिर लाने भनेको युवा भएको नगर प्रमुख योगीले धारणा व्यक्त गरेका थिए । व्यक्तिले शिक्षा ल्याएर समाजमा परेको बेला ढुङ्गा नफाल्नेलाई शिक्षा हाशिल गरेको भन्न नमिल्ने समेत योगीले जिकिर गरेका छन । पालिकाबाट भएका विकास निर्माणका कामको लेखाजोखा गर्ने दाईत्व युवाहरुको रहेको हुदा हुनपर्ने कार्य नभएको खण्डमा खबरदाही गर्न समेत नगरप्रमुख यागीले बताए । प्यूठान नगरपालिकाले किशोरकिशोरीलाई नगरपालिकाबाट हुन सक्ने कार्यमा जोड्ने र समन्वय समेत गर्ने योगीले बताएका छन ।

तिन दिने तालिममा प्रस्तावना लेखन , सङ्गठन विस्तार तथा तयार गर्ने , यूवाहरुलाई नेतृत्व विकासमा जोेड लगायतका विषयमा तालिम दिइने यूएसआईडी सिआरएसमा कार्यारत ऋषि न्यौपानेले स्वर्गद्वारी अपडेटलाई बताए ।

आज भने तालिममा सहभागी किशोरकिशोरीले आ–आफ्नो पालिकामा भएका समस्याहरु तथा अपेक्षाहरु सम्बन्धि छलफल गरिएको हो । तालिममा सहजिकरण गर्न लागी यूवाहरुको परिचालकको प्रमुख डा. जीवन घिमिरे , सुर्य थापा, देवराज भारद्वार, जगदिश दास, ऋषि न्यौपाने , माधव खनाल , राजु रावत, एकराज गौतम, भुवन भण्डारी ,गिरिराज भण्डारी , मोनिका श्रेष्ठ रहेका छन। तालिममा प्यूठान जिल्लाको प्यूठान नगरपालिका ,स्वर्गद्वारी नगरपालिका , नौबहिनी गाउँपालिका , झिमरुक गाउपालिका र गौमुखी गाउँपालिकाको किशोरकिशोरीहरुको सहभागी भएका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्