समय : ०७:५७ am | आइतबार , भाद्र २३ गते २०८१

रास्वपाको ढकाल महामन्त्री पदबाट निलम्बन

स्वर्गद्वारी अपडेट | असार २० गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख छ ।

ढकालले भने आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही भएको बताउनुभएको छ । हिजोको बैठकमा ढकालले ३९ जिल्लामा घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्नुभएको थियो । तर केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उहाँ मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी हुनुभएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्