प्युठान।प्युठानको झिमरुक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। 'स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप पालिका,हाम्रो प्रतिबद्धता ' भन्ने नाराका साथ खोप समन्वय समितिले आइतबार घोषणा गरेको हो।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका संयोजक धरम बहादुर जि.सी.ले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख जिसीले झिमरुक गाउँपालिकालाई अध्यक्ष पित बहादुर महतारालाई हस्तान्तरण गरेका थिए।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाईएको बताए । पालिकाभर १५ महिनासम्मका ४ सय ८६ जना बालबालिका र १६ देखी ५९ महिनासम्मका बालबालिकाहरुको सर्बेक्षण गरिएको प्रमुख केसीले जानकारी दिए।
त्यस्तै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँको समृद्धिको लागि कुरो गरेर मात्रै नहुने बताए। समृद्धिको लागि अब कुरो होइन जनताले अनुभुती गर्ने गरि सबै मिलेर काम गर्नेबेला भएको उनको भनाई छ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले त्रिपक्षिय रुपमा लागेर यो कार्यक्रम सफल भएको बताए । दुरदराजमा बस्ने बालबालिका र अभिभावकलाई बुझाउन सकेमात्र यो अभियान सफल हुने जानकारी दिए।
अन्तिम पालिकाको रुपमा पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम आज झिमरुक गाउँपालिकालाई घोषण गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे जानकारी दिए ।
स्वास्थ्यको पहुँचमा आम नागरिकलाई ल्याउन पर्नेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले सबैलाई आग्रह गरेका छन। लक्ष्य प्राप्तिको लागि सबैको महत्त्वपूर्ण भुमिका र उत्तिकै जिम्मेवारी रहेकोले मिलेर काम गर्नुपर्ने अधिकृत शाहीको भनाई छ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेल, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही र कोल्डचेन अधिकृत कौशल वैद्य,स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै वडा कार्यालय, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख बिकास केसी र सञ्चालन कार्यालय सहायक दामोदर पोख्रेलले गरेका थियो।