समय : ०६:१९ am | शनिबार , श्रावण १२ गते २०८१

आज मातातीर्थ औंसी:आमाको मुख हेर्ने दिन

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०८१

प्युठान।आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन।हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा त्यति महत्वपूर्ण छ कि, हामीले त्यसको महिमा र वर्णन गरेरै सक्दैनौँ ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाढा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।

आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरुले आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page