समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

टिकारामको ‘न गतिलो बास छ, न त खाने अन्न’

स्वर्गद्वारी अपडेट | चैत्र १ गते २०८०

प्युठान।माण्डवी गाउँपालिका-५ चकचकेका ३८ बर्षीय टिकाराम थापाको ४ जस्ता पाताले छोपिएको एकपाखे छानो छ।त्यो झुप्रो भित्र मैलो र पुरानो च्याथिएको बिस्तारा बाहेक अरु केहि छैन।कयौं रात यस्तै छाना मुनि जीवन बिताईरहेका छन् टिकारामले।उनको सम्पत्ति भनेको यतिबेला सास र ओतालाग्ने त्यही एउटा झुप्रो मात्र छ।साथमा भएको एउटी छोरी र श्रीमति पनि छोडेर गएको वर्षौं बित्यो।२ वर्ष अघि बर्षादको समयमा भत्किएको उनको घर न कसैले देख्यो न त मर्मत नै भयो ।

उनको छिमेकी यम बहादुर थापाले ७४ सालदेखि परिवारबाट छुट्टिएर बसेको बताउछन।'बेलाबेलामा कामको शिलाशिलाले भारत पुग्ने गर्थे'उनले भने –'केहि समय अघि भारत आउने जाने क्रममा रेलमा ईन्डियन प्रहरीले मानसिक तनाब दिएपछि उनको मानसिक अवस्था बिग्रिएको यम बहादुरले बताए।' 'उनि र उनको साथि रण बहादुर सारु भारत जाने क्रममा रेल भित्र भारतीय प्रहरीको अभद्र ब्यबहारमा परेपछी उनको साथीको त्यही अवस्थामा मृत्यु भएको घटनाले उनको मानसिक सन्तुलन गुमेको आशंका गरेको बताए।' चार भाई मध्ये कान्छी बहिनिले उनलाई हेरचाह गरेको समेत छिमेकी थापाले बताए।

घर निर्माण हुँदै

माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले व्यक्तिगत खर्चमा टिकाराम थापाको घर निर्माण गर्ने प्रतिबद्धता गरेका छन्।उक्त घर निर्माण गर्ने सक्रियतामा छिमेकी तुल्सीराम केसी र खेमराज बस्नेतलाई जिम्मा समेत दिएको उपाध्यक्ष कालाथोकीले बताए।'उहाँको पहिलो आवस्यकता  भनेको घरमा बनाउने हो' उनले भने –' घर निर्माण सम्पन्न भएपछी विहान बेलुका हातमुख जोड्नका लागि आवश्यक खाध्यान्न व्यवस्थापन गर्ने उपाध्यक्ष कालाथोकीले बताए।' पालिकाले कार्यविधिको नै बनाएर यी यस्ता बिरामीहरुको जिम्मा लिने र उपचारमा सहयोग गर्ने समेत जानकारी दिए।

त्यस्तै अर्का छिमेकी तथा होटल व्यवसायी तुल्सीराम केसीले उक्त घर निर्माण गर्नको लागि सहयोग मागिरहेका उनले बताए।'घर बनाउन छिमेकी तथा साथीभाईहरु सँग सहयोग मागिरहेका छौ'उनले भने-' शिवरात्रिको दिन जग पुजा गरेर घर बनाउने प्रक्रिया सुरु गरेको केसीले बताए।' हाल सम्म सहयोगी मनहरुबाट नगद २० हजार जम्मा भएको उनको भनाई छ।' टिकारामको घर बनिसकेपछी उनको व्यवहारमा समेत केहि परिवर्तन आउछ कि भनेर आफुहरुले सकेको सहयोग गरेको व्यवसायी केसीले स्वर्गद्वारी अपडेटलाई जानकारी गराए।           

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page