समय : ०८:४१ am | शनिबार , श्रावण १२ गते २०८१

संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन

स्वर्गद्वारी अपडेट | भाद्र २६ गते २०८०
messenger sharing button

भदौ २६ गते मङ्गलबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल अस्पताल लगिएको थियो।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्।

२०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

नेम्वाङ २०२८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय भएका थिए। २०२८/२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएका थिए। २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेशन केन्द्र (माले)मा संगठित भएका थिए। त्यसपछि माले र एमालेको उपल्लो तहमा रहेर राजनीतिक भूमिका निर्वाह गर्दै आएका थिए।
 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page