समय : ०८:२२ am | शनिबार , श्रावण १२ गते २०८१

एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | भाद्र २२ गते २०८०

  भदौ २२, - काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ । 

प्रहरीले एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे । 

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नाेटको कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे जानकारी दिनुभयाे । थापाकाे साथबाट एक लाख  (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएकाे उहाँले बताउनु भयाे । 

उहाँका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाै पठाइएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page