लव कुमार अधिकारी प्युठान l
रोल्पाको सुनिलस्मृति गाउँपालिका - चतुर्भुज बाट प्युठान स्वर्गद्वारी नगरपालिका वडा -५ सारी जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको ६ वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।
वि.सं २०७३ सालमा पुलको ठेक्का सम्झौता भएर २०७३ सालकै माघ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै ६ वर्षदेखि ठप्प रहेको छ ।चतुर्भुज –सारी जोड्ने १२० मिटर लामो पक्की पुल वि.सं २०७६ निर्माण सम्पन्न गरिनुपर्ने गरी समय निर्धारण गरिएको थियो । पुलको बीच भागको पिल्लरमा ठुला चट्टान परेपछि , निर्माण कार्य रोकिएको बताउछन सोहि वडाको वडा अध्यक्ष गिर बहादुर घर्ति मगर –“ सडक डिभिजन कार्यलय प्युठानले केहि समय अघि यो पुलको अवलोकन गरि निर्माण कार्य तत्काल हुने बताएको घर्तीको भनाई छ।

चतुर्भुज –सारी जोड्ने १२० मिटर लामो पक्की पुलको लागत करिब ११ करोड रहेको छ।जसमा ४ वटा फाउन्डेसन रहेको छ, २ वटा फाउन्डेसन मध्ये २ वटा फाउन्डेसनको निर्माणकार्य पूरा भएको अवस्था छ,” सडक डिभिजन कार्यालय प्युठानका प्रमुख बिरेन्द्र चन्दले भने, “पुलको जम्मा फाउन्डेसनमध्ये बिचको फाउन्डेसनको जगमा केही समस्या देखिएको छ, फाउन्डेसन हालेको केही समयपछि जमिनमुनिको फाउन्डेसनको कडा चट्टान परेको हुँदा निर्माणकार्य रोकिएको हो ।” अब फेरी सो पुलको नक्सा परिवर्तन गरि निर्माण कार्य अघि बढाउने बताउछन डिभिजन प्रमुख चन्द।पुलको फाउन्डेसनमा समस्या आएपछि निर्माण कम्पनीले उक्त पुलको नयाँ डिजाइन बिभागबाट स्वीकृत गराएर निर्माणकार्य अगाडि बढाउनु पर्ने भए पनि हालसम्म निर्माण कम्पनीले पुलको नयाँ डिजाइन स्वीकृत गर्न सकेको छैन । हाल निर्माण कम्पनीको डिजाइन स्वीकृत हुने अवस्थामा बिभागमा पुगेको र डिजाइन स्वीकृत भएपछि चाडै अलपत्र पुलको निर्माणकार्य अगाडि बढ्ने प्रमुख चन्दको भनाइ छ ।