स्वर्गद्वारी अपडेट प्युठान । स्वर्गद्वारी नगरपालिका ३ जलुके र वडा नम्बर ७ नल्सी जोड्ने पक्की पुल बनाउने भनेर ६ वर्ष अघिदेखि प्रक्रियागत रूपमा निर्माण कार्य थालनी भएकोअहिलेसम्म निर्माण हुन सकेको छैन । ३ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएको मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नामक निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले पुल अलपत्र स्थानीयले गुनासो गरेका छन ।
वर्षातको समयावधिमा निर्माण कार्यमा समस्या आउने हुनाले त्यो समयमा काम रोक्ने र हिउँद लागेपछि पनि काम सञ्चालनमा नआउदा यसरी पुल अलपत्र परेको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनु भएको छ । हिउँद सक्किन लाग्दासम्म निर्माण कार्य सुचारु नगर्ने र हिउँदको अन्त्यतिर काम गर्न थाल्ने प्रवृत्तिले यस्तो समस्या बल्झिएको भण्डारीको जिकिर छ । पुलको योजना बनाई उक्त ठाउँमा पुल निर्माणमा विशेष भुमिका निर्वाह गर्नु भएका नगरप्रमुख भण्डारीले आफूले यो बारेमा विभिन्न माध्यमबाट पटकपटक निर्माण कम्पनी , ठेकेदार समक्ष कुरा गरी ध्यानाकर्षण गराउदा पनि मौन रहेको बताउनु भएको छ ।
प्रत्येक वर्ष हिउँदको पनि अन्त्यतिर मात्र कामको प्रक्रिया अगाडि बढाउने र वर्षा ऋतुसङ्गै काम बन्द गर्ने परीपाटी नै समस्याको जरो बनेको स्थानीय टिकाराम भण्डारीले बताउनु भयो ।
पुलको आधा भाग भने निर्माण भइसकेको छ तर पुलको अर्को आधाभागको काम सम्पन्न गर्न आर्थिक वर्ष २०७८र०७९ को अन्त्यतिर पनि निर्माण कम्पनीले थालनी गरेको थियो । सम्पूर्ण व्यवस्थापन गरी अन्तिम कार्य गर्न थाल्दा वर्षात सुरू भयो र फेरि माडीखोलामा बाढी आएर क्षती हुन सक्ने कारण र सडक डिभिजनको पत्र आएको भन्दै तयार पारीएको सामाग्री पनि खोलेर निर्माण कम्पनीले काम बन्द गरेको छ । । त्यस पश्चात वर्षातको समयसङ्गै नदीमा बाढी आयो र पुल ढलानको लागि तयार पारीएको सामाग्रीमा क्षती पुग्यो । बाढीले क्षति पुराएको दुई महिना बितिसक्दा पनि ठेकेदार बेखबर झै छन भने निर्माणाधीन पुल अलपत्र नै छ ।
विभिन्न बाहानामा निर्माण कार्य सम्पन्न गर्ने समयावधि थप गर्ने ठेकेदारको चरम लापरबाहीमा सम्बन्धित निकायले समयावधि थप गरेर लाचारीपनदेखिएको छ । निर्माण कार्य थालनी गरी काम सम्पन्न गर्न तर्फ लाग्नु त एकादेशको कथा भयो ढलेका सामाग्रीपनि नउठाएर रमिता देखाई ठेकेदार लापत्ता भएको स्थानिय टिकारामले बताएका छन । पुल बन्ने कुराले पलाएको नागरिकको खुसी ठेकेदारको लापरबाही र अनुगमन नगर्ने म्याद थपिदिने सम्बन्धित निकायको लाचारीपनले अझै पुलको निर्माण सम्पन्न हुन कति समय लाग्ने हो भनी दुख व्यक्त गर्दै ढलेको पुलले आफ्ना खुसी च्यापीएको समेत बताएका छ ।