समय : ०४:४१ am | सोमबार , वैशाख ७ गते २०८२

सरुमारानीमा  बजार अनुगमन

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान सरुमारानी गाउँपालिकाको बडडाँडाको बजार अनुगमन गरिएको छ । बिहिबार ईलाका प्रशासन कार्यालय जस्पुर प्युठानका कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा बडडाँडा बजार क्षेत्रका कुल ३५ वटा उद्योग/व्यावसाय/फर्म अनुगमन गरिएको हो । बजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख सरोज भण्डारी, ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठ ,सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राजमाझी, पशु शाखा प्रमुख केशव गिरी, राजश्व शाखा प्रमुख साधना सिंह,  प्रहरी चौकी बडाडाँडाका इन्चार्ज गुरीलाल चौधरी, उद्योग वाणिज्य महासंघ प्रतिनिधि मोहमद अतिउला हलुवाई को सहभागिता रहेको थियो ।
बजार अनुगमनको क्रममा खुला रुपमा लेबलिङ नगरिएका गेडागुडीहरु बिक्री गरेको पाईएकोले प्याकेजिङ सम्बन्धी फर्म दर्ता गरि अनुज्ञापत्र समेत लिएर लेबलिङ सहितका प्याकेजिङ गरिएका  खाद्य सामग्री मात्र बिक्री वितरण गर्न , बिल बिजक राख्न, मुल्यसुची राख्न, मदिराको अन्तशुल्क नलिएका फर्म व्यावसायीलाई तुरुन्त अन्तशुल्क लिन, व्यावसाय दर्ता नगरेका व्यावसायीहरुलाई व्यावसाय दर्ता गर्न ,होटल व्यावसायीहरुलाई होटलमा सरसफाईमा ध्यान दिन, अखाद्य पदार्थहरुको प्रयोग नगर्न निर्देशन दिईएको बाबुराम पुरीले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।
‘अनुगमनका क्रममा औषधी व्यवस्था  विभागबाट औषधी बिक्रि सम्बन्धी अनुमति नलिएको, बिरामीको रेकर्ड नराखेको, विरामीको उपचार सेवाको मुल्य नराखेको र मेडिकल हलमा औषधि बिक्रि गर्ने फार्मेशिष्ट समेत नराखेको पाइएको छ ’ उनले भने  ‘उक्त मेडिकल हललाई १५ दिनभित्र प्रकिया पुरा गरेर संचलानमा ल्याउन निर्देशन दिएका छौ’। जिल्ला प्रशासन कार्यालय प्युठानबाट मिति २०७९।०६।०९ मा प्रकाशित ३५ दिने सुचनाका सम्बन्धमा समेत ध्यानाकर्षण गराईएको थियो । त्यसैगरि अनुगमन गरिएको एउटा एग्रोभेट सेन्टरबाट रु १३ हजार ३ सय ८८ बराबरका म्याद गुज्रेका पशुपंक्षीका औषधीहरु भिटामिन लगायतका एग्रोभेटेरिनरी रसायनहरु एवं  विभिन्न पसलहरुबाट म्याद गुज्रेका कस्मेटिक सामानहरु तथा खाद्य पदार्थहरु बरामद गरि नष्ट गरिएको छ । अनुगनमका क्रममा देखिएका ४ वटा व्यावसायिक फर्म तथा १ वटा मेडिकल हललाई १५ देखि ३० दिन सम्मको समय दिई कैफियत देखिएका विषयमा प्रचलित ऐन कानुन बमोजिम गर्न लिखित निर्देशन समेत दिईएको छ । बडडाँडा बजार अनुगमनका क्रममा बरामद गरिएका रु १६ हजार २३ बराबरका म्याद गुज्रेका खाद्य बस्तुहरु पशुपंक्षीका औषधीहरु कस्मेटिक सामानहरु प्रहरी चौकी बड्डाँडाको रोहवरमा नष्ट गरिएको थियो  ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्