समय : ०४:१७ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखिकाका दुई वडालाई पूर्ण सस्थागत सुत्केरी वडा घोषणा गरिदै

स्वर्गद्वारी अपडेट | असार २१ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाको गौमुखि गाउपालिकाका २ वडालाई पूर्ण सस्थागत सुत्केरी वडा घोषण गर्ने तयारी गरिएको छ । गौमुखि गाउँपालिकाका ५ र ७ लाई जिरो होम डेलिभेरी वडा घोषणा गर्न लागिएको गौमुखि गाउपालिकाका अध्यक्ष विस्नु कुमार गीरीले बताएका छन । गौमुखि गाउँपालिका वडा नं. ५ लाई नारिकोट स्वास्थ्य चौकीमा अषाढ २४ गते र वडा नं. ७ लाई खुङ स्वास्थ्य चौकीमा अषाढ २६ गते घोषणा गर्ने कार्यक्रम रहेको गौमुखि गाउपालिका प्युठानले सुचनामार्फत जानकारी दिएको छ । घोषणा कार्यक्रममा आमा समुह , बिद्यालय , महिला स्वास्थ्य स्वयम सेबिका ,राजनैतिक दलका प्रतिनिधि,संघसस्थाका प्रतिनिधि,सामाजिक अगुवा तथा आम जनसमुदायलाई उपस्थितको लागी गाउपालिकाले सुचनामार्फत आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्