अनुज पछाई , प्यूठान । प्यूठानको माण्डबी गाउपालिकामा विभिन्न सीपमूलक तालिममा सहभागी ब्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सनिबार एक कार्यक्रमको आयोजन गरि तालिमप्राप्त ब्यक्तिहरुलाई सम्मान गरिएको हो । “स्थानीय श्रोत साधनको प्रयोग गरौं सीप सिकौ, आम्दानीमा वृद्धि गरौं “ भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका, गरिबी निवारण लागि लघु उद्यम विकास कार्यक्रमद्वारा आयोजित वित्तीय सेवामा उद्यमीको पहुँच , उद्यमी र व्यापारी बिच अन्तर्क्रिरया र विभिन्न सीप विकास तालिमको प्रमाणपत्र वितरण गरिएको वरिष्ठ लघु उद्यम सहजकर्ता फुर्स बहादुर नेपालीले बताएका छन ।

नेपाल सरकार उद्योग बाणिज्य ससर्त अनुदान तथा माण्डबी गाउपालिकाको गरिव निवारण लघु उद्यम कार्यक्रम अन्तर्गत आ व २०७८÷७९ मा बिविध १० शिर्षककमा तालिम सञ्चालन गरेको थियो । महिलाहरुको लागी बुटिक ,हात्ते हाइजियारी, सिलाइकटाइ, बेमौसमी तरकारी खेती ,बाख्रा पालन ,बङगुर पालन, ब्यूटिपार्लर तथा अचार बनाउने तालिम सञ्चालन भएको थियो भो पुरुषको लागी हेयर कटिङ तालिम सञ्चालन भएको थियो ।


गत आव २०७७÷७८ मा तालिम प्राप्त गरेका ५० जनालाई पुर्नताजकी तथा यस चालु आ व मा ८० जनालाई नयाँ सिपमूलक तालिम सञ्चालन गरिएको लघु उद्यम सहजकर्ता नेपालीले जानकारी दिए ।
प्रमाणपत्र वितरण कार्यक्रम माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी “रोशन“ ,उपाध्यक्ष पूर्ण कालाथोकी,प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजाल लगायतको सहभागीता रहेको थियो ।
