समय : ०४:१७ pm | बुधबार , चैत्र ४ गते २०८२

झिमरुकमा कर शिक्षा कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | असार १८ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले सनिबार कर कार्यालय प्यूठान, घरेलु तथा साना उद्योग कार्यालय प्यूठान र झिमरुक गाउपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कर कार्यालयका प्रमुख सोनु काप्लेले आम नेपालीले स्वदेशमा नै केही व्यवसाय गर्नुपर्ने र त्यो वातावरण सरकारले तयार गर्न प्रतिवद्धता जनाउन सक्नुपर्ने बताए । राज्यलाई व्यवसायीले बर्षेनी लाखौं कर तिरेको तर व्यवसायीलाई राज्यले सोही अनुरुप सेवा प्रदान गर्न नसकेको उनको भनाई रहेको छ । कार्यक्रममा सहभागी व्यवसायीहरुलाई कर कार्यालयका अधिकृत काप्लेले व्यवसायीका विभिन्न समस्याहरु माथि प्रकाश पार्दै सदस्याहरुको समाधानका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उनले हाल जिल्लामा देखिएका तथा आउने गरेका व्यवसायीको समस्याको प्रकृतिलाई प्रष्ट पारेका थिए । प्यूठान उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले यस्ता कार्यक्रम आयोजना गर्दा आम व्यवसायीहरुले विभिन्न कर छुट तथा परिवर्तित कर प्रणालि लगायतको विषयमा ज्ञान हासिल गर्न सक्ने बताए । उपाध्यक्ष पोख्रेलले आगामी दिनमा पनि व्यवसायीको मागलाई मध्येनजर गरि व्यवसायीलाई फाईदा पुग्ने खालका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका छन । झिमरुक गाउपालिकामा भएको कार्यक्रममा सम्पूर्ण साना तथा ठूला करदाता उद्योगी व्यवसायी गरि करिब १५० बढीको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्