समय : ०२:४९ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखिमा बिपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

स्वर्गद्वारी अपडेट | असार १८ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको गौमुखि गाउपालिकामा अपाङग तथा बिपन्न छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गौमुखि गाउपालिकाको चालु आव २०७८÷८० को बालबालिका शिर्षक तर्फको कार्यक्रम अन्तर्गत ५० हजार लागतमा अपाङगता भएका तथा बिपन्न छात्राहरुको लागी शैक्षिक सामगी्र वितरण गरिएको गौमुखि गाउपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख उमा अर्यालले बताएकी छन । गौमुखि गाउपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत २१ छात्राहरुलाई एक थान झोला , कापि कलम लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रममा गौमुुखि गाउपालिकाका अध्यक्ष बिस्नु कुमार गीरी उपाध्यक्ष महाबीर राना महिला तथा बालबालिका शाखा प्रमुख उमा अर्याल लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्