अनुज पछाई , प्यूठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले किशोरी किट वितरण गरेको छ । शुक्रबार अपाङ्गता भएका बालबालिका लागि तथा कमजोर आयस्रोत भएका महिला तथा किशोरीहरुका लागि किशोरी कीट र महिलाहरुको लागी महिला मर्यादित सामग्री वितरण गरिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसीले बताएका छन ।

मल्लरानी गाउपालिकाका २ जना महिलाहरुलाई महिला मर्यादित सामग्री ,४ थान किशोरी किट र अवास गृहमा बस्ने बालबालिकालाई १० थान झुल प्रदान गरिएको छ ।


जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सि को विशेष उपस्थितिमा अवास गृहमा बस्ने बालबालिकालाई झुल प्रदान गरिएको छ । सामग्री सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तु र युएनएफपिए को सहयोगमा वितरण गरिएको हो ।