प्यूठान नगरपालिकाद्धारा हलेदो पिस्ने मेसिन वितरण
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिकाले नगरपालिका भित्र उद्यम गरिआएका ब्यबसायहरुको लागी सामगी्र वितरण गरेको छ । बिहिबार प्यूठान नगरपालिका वडा नं. २ मा अदुवा तथा हलेदो तरकारी खेती गरिरहेका लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरेको प्यूठान नगरपालिकाका प्रबक्ता सुमनराज श्रेष्ठले बताएका छन ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर २ मा अदुवा तथा हलेदो खेती गरिरहेका ५ जना लघु उद्यमीहरूलाई उत्पादित सामाग्री प्रसोधनका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरिएको हो।
प्रबक्ता श्रेष्ठका अनुसार नगरपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरू वितरण गरिएको हो ।








