समय : ०२:४८ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखिको लिबाङ्गमा पहिरोले गोठ पुरिदा ७ पशुको मृत्यु

स्वर्गद्वारी अपडेट | असार १५ गते २०७९
केशर सुनार , प्यूठान । प्युठानको गौमुखी गाउपालिका –६ लिबाङ्ग बुक्तिचौरको गैह्रापाटामा मङलबार परेको अबिरल बर्षातका कारण ७ पशुको मृत्यु भएको छ । स्थानिय जय बुढा मगरको तला सहितको ढुङ्गे गोठ भत्किएर सात ओटा पशु चौपाया को मृत्यु भएको छ । जसमा तीन गोरु , तीन गाई र एउटा ब्याउने भैंसी मरेका छन् । उक्त घटनामा तला सहितको ढुङ्गे गोठ र पशु चौपाया गरि करीब चार लाख दस हजार बराबरको क्षती भएको बुढाले बताएका छन । घटना राती भएतापनि बिहान करिब पाँच बजेतिर मात्र थाहा भएको बुढाले बताएका छन ।

यो पनि पढ्नुहोस्