समय : ०१:०७ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखिमा ४६ करोड ६६ लाख ९८ हजार को बजेट

स्वर्गद्वारी अपडेट | असार १० गते २०७९
जोगिन्द्र मल्ल, प्युठान । गौमुखी गाउँपालिका प्युठानले आर्थिक बर्ष २०७९÷८० को निति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । “कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो !सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो “भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिकाको गाउँ सभा तथा १२ औ अधिवेशन मार्फत शुक्रबार अध्यक्ष बिष्णु कुमार गिरीले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । निति तथा कार्यक्रममा कृषि तथा बन्यजन्तु तथा उत्पादनको बजारीकरण ,२० युनियनको बिधुत महसुल निःशुल्क, निशुल्क बिमा ,सुत्केरी संग पौस्टिक आहार प्याकेज ,सबै वडामा एक हप्तामा एक पटक डाक्टर सेवा, उत्कृष्ट उपभोक्तालाई पुरुस्कृत ,गाउँपालिकाको आबधिक गुरु योजना,दिगो बिकासको अबधारणा लगायतका नीति तथा कार्यक्रम अध्यक्षले प्रस्तुत गरेका हुन । कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले आ ब २०७९÷८० को ४६ करोड ६६ लाख ९८ हजार बराबरको बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्नु गरेका छन ।

यो पनि पढ्नुहोस्