अनुज पछाई,प्यूठान । प्यूठानको गौमुखि गाउपालिका वडा नं. ३ रजवारारामा सतुवाका बिरुवा वितरण गरिएको छ । सनिबार जिल्ला वन कार्यालय प्यूठानले उपलब्ध गाराएको ६ हजार ६ सय सुतुवाका निरुवा वितरण तथा रोपण गरिएको छ ।
गौमुखी गाउपालिकालार्ई किवी,ओखर लगायत बहुमुल्य फलफूलको पकेट क्षेत्र बनाउने योजनाका साथ अहिले पालिका कृषिलाई पहिलो प्राथमिकतामा राखेर कृषिका कार्यक्रमलाई अगााडी सारिएको छ ।

ओसिलो जमिन भएको ठाउँमा उम्रिने सतुवा जडिबुटीको विरुवा औसतमा आधा मिटर उचाइको हुन्छ भने विरुवाको माथिल्लो भागमा सातवटा पातहरु एउटै छत्र बनाइ बसेका हुन्छन् । यो बोटको काण्ड औषधिका लागि निकै उपयोगी मानिन्छ । आयुर्वेदिक औषधिमा यो निकै उपयोगी र लाभदायक मानिन्छ ।


गाउँघरमा सतुवालाई धरै रोगहरुको औषधिका रुपमा प्रयोग गरिन्छ । पेट दुखेमा सतुवा खाँदा निकै फाइदाजनक हुन्छ । पाकेको घाउमा सतुवाको लेप बनाइ लगाउँछ चाँडो निको हुन्छ ।
वान्ता भएमा पखाला चलेमा, विष सेवन गरेका मानिसहरुलाई सतुवा खुवाउँदा निको हुन्छ । धतुरो र रक्सीको नसा हटाउन पनि सतुवा निकै उपयोगी मानिन्छ ।