समय : १०:१४ am | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानमा २ भारतिय गाडी दुर्घटना १ को मृत्यु, २ जना गम्भिर घाइते

स्वर्गद्वारी अपडेट | असार १ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बुधबार भएको गाडी दुर्घटनामा परि एक भारतिय नागरिकको मृत्यु भएको छ । भिगृ–स्वर्गद्धारी सडक खण्ड अन्र्तगत भारतिय नम्बर प्लेटको पि बि १० जि जेट ०२७९ नं.को बोलेरो गाडी दुर्घटना हुदा ५८ बर्षिया भारतिय नागरिक विक्की नाउको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार २ जना गम्भिर घाइते भएका छन भने ५ जना सामान्य घाइते भएका छन । घाइतेलाई भैरहवा रिफर गरिएको छ । त्यस्तै स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्किएको युपि ५१ इ ४९८४ नं.को पिकप बोलेर गाडी पनि दुर्घटनामा परेको छ । उक्त गाडीमा २ जना घाइते भएका छन ।

यो पनि पढ्नुहोस्