अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिकामा वडा नं. ४ मा सञ्चालन भएको दुई फरक फरक सिपमुलक तालिम सकिएको छ । महिलाहरुको लागि आयोजना गरीएको बुटिक र पुरुषका लागि मोटरसाइकल मर्मत सम्बन्धि सीप बिकास तालिम सोमबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।

गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा ४५ दिन सम्म चलेको बुटिक र ३० दिन सम्म मोटरसाइकल मर्मत सम्बन्धि तालिम सन्चालन गरिएको थियो।

समापन कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्की ,उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा, प्यूठान नगरपालिकाका लेखा अधिकृत लेख बहादुर बिष्ट, बुटिक प्रशिक्षक मनिकला पुन प्रशिक्षार्थी लगायतको सहभागीता रहेको थियो ।
बुटिक तालिममा १२ जना र मोटरसाइकल मर्मत सीप बिकास तालिममा २ जनाको प्रशिक्षार्थीको सहभागिता रहेको थियो।