समय : ०८:५२ am | बुधबार , चैत्र ४ गते २०८२

सरोकारवालासंग बाल बिबाह बिरुद्ध अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान नगरपालिकाले सरोकारवालाहरुसंग बाल बिबाह बिरुद्धको अनतरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । प्यूठान नगरपालिका भित्र रहेको १० वटै वडामा सञ्चालन गरिने उक्त कार्यक्रम प्यूठान नगरपालिका १ बाट सुरु भएको छ । वडा भित्र रहेका सम्र्पूण सरोकारवालाहरुको सहभागीतामा सञ्चालन गरिने उक्त कार्यक्रममा बालबालिका तथा बाल बिबाहको सम्पूर्ण पक्षका बारेमा छलफल गरिएको प्यूठान नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु धितालले बताएकी छन । कार्यक्रममा बाल बिबाह बाल बिबाहका कारण ,बाल बिबाहबाट पर्ने असर,बाल बिबाहका ऐन नियम ,बाल बिबाह रोक्न सामाजिक कार्यकर्ताको भूमिका लैङगिक तथा लैङगिक हिंसाका प्रकार लगायतको बिषयमा छलफल भएको थियो । पछिल्लो समय बाल बिबाहको स्वरुप नै परिवर्तन भएर बालबालिकाको अभिभावक भन्दा पनि बालबालिका नै आफै बिबाह गर्ने गरेको धेरै रहेको अबस्थामा अभिभावक तथा सरोकारवालासंग यस आले कार्यक्रमले बाल बिबाह न्युनिकरण गर्न सहयोग गर्ने अपेक्षा रहेको बालबालिका प्रमुख धितालले बताएकी छन । उक्त कार्यक्रम सोमबार प्यूठान नगरपालिका वडा नं. ४ मा सम्पनन भएको छ । वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्कीको अध्यक्षतासंग्र सुरु भएको कार्यक्रmमा वडाका सदस्थ्यहरु,महिला स्वयमसेबीकमा ,बिद्यालयका शिक्षक लगायत प्रहरी र पत्रकारको सहभागीस्ता रहेको थियो । कार्यक्रममा बाल बिबाह बिरुद्धको अभिमुखिकरण गर्ने ,अभिभावकलाई सचेतनात्मक कार्यक्रम गर्ने ,बाल बिबाह बिरुद्धको बिद्यार्थीबीच प्रतियोगीता तथा वडा स्तरमा बाल क्लवको गठन गर्ने लगायको निर्णय पनि गरिएको छ । त्यस्तै सहभागीलाई बाल बिबाह गर्न दिदैनौ र गरेको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्छाै भन्ने प्रतिबद्धता पत्रमा पनि सहभागीलाई हस्ताक्षर गराइएको छ । कार्यक्रम प्यूठान नगरपालिकाको आयोजना तथा इलाका प्रहरी कार्यालय प्यूठानको सहजिकरण सहेको थियो । यस प्रकारको कार्यक्रम प्यूठान नगरपालिकाका १० वटै वडामा सञ्चालन गरिने प्यूठान नगरपालिकाका बालबालिका शाखा प्रमुख धितालले बताएकी छन । अहिलेसम्म प्यूठान नगरपालिका वडानं. १ र ३ मा सम्पन्न भएको छ । मङगलबार प्यूठान नगरपालिका वडा नं. ७ मा सञ्चालन हुदै छ ।

यो पनि पढ्नुहोस्